काठमाडौं । काठमाडौंको बालाजुस्थित विष्णुमति पुलबाट एक युवक हाम फालेका छन् ।
आइतवार साँझ साढे ७ बजेको समयमा करीब ४०र४५ वर्षका ती युवक खोलामा हाम फालेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए ।
एसपी मैनालीका अनुसार ती युवकको तत्कालै प्रहरीको टोलीले उद्दार गरेको छ । नाम नखुलेका ती युवकको अहिले वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
युवकको अवस्था बोल्न नसक्ने रहेको र बाहिरी चोट केही पनि नभएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार ती युवकले खोलामा हाम फाल्नुको कारण खुलेको छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० साउन २०७९, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिराहा र धनुषा जोड्ने कमला पुलको काम धमाधम, चैतभित्र सञ्चालनमा ल्याउन लक्ष्य
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
माडी–ठोरी सडकखण्डमा निर्माणाधीन पुलको ठेक्का तोडियो
चितवनको कयरखोलमा पक्की पुल निर्माण हुँदै
सत्र करोडमा पक्की पुल निर्माण
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता