काठमाडौं । काठमाडौंको बालाजुस्थित विष्णुमति पुलबाट एक युवक हाम फालेका छन् ।
आइतवार साँझ साढे ७ बजेको समयमा करीब ४०र४५ वर्षका ती युवक खोलामा हाम फालेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए ।
एसपी मैनालीका अनुसार ती युवकको तत्कालै प्रहरीको टोलीले उद्दार गरेको छ । नाम नखुलेका ती युवकको अहिले वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
युवकको अवस्था बोल्न नसक्ने रहेको र बाहिरी चोट केही पनि नभएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार ती युवकले खोलामा हाम फाल्नुको कारण खुलेको छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० साउन २०७९, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल र दर्जनौँ गाडी बगायो
काभ्रेको नालास्थित पुल भाँचियो, यातायात अवरुद्ध
तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो
बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण
सम्झौता भएको ५ वर्षसम्म पनि सुरु भएन पुल निर्माण
चौध करोड लागतमा मनाङमा पुल बन्दै