कोरोना अपडेट : थप ४५५ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २९ साउन २०७९, १६ : २५
कोरोना अपडेट : थप ४५५ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२९  जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ३०५ तथा एन्टिजेन विधिबाट १५० जनामा गरी ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा ३०२ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ४३५ पुगेको छ ।