‘कृष्ण–लीला’ को टिमले चितवनमा कन्सर्ट गर्ने

सफल खबर संवाददाता

आइतबार, २९ साउन २०७९, १३ : १०
‘कृष्ण–लीला’ को टिमले चितवनमा कन्सर्ट गर्ने

काठमाडौं । भगवान श्रीकृष्णको जन्मदिन अर्थात कृष्णजन्माष्टमीको अबसर पारेर भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षीत फिल्म ‘कृष्ण–लीला’ को टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ । प्रदर्शन मिति नजिकीदै जादा प्रचारप्रशारमा ब्यापकता दिइरहेको ‘कृष्ण लीला’ को कलाकारसहितको टिमले साउन ३१ अर्थात् मंगलबार साँझ ५ बजे सिजी ल्याण्डमार्कमा फ्रि कन्सर्ट गर्न लागेको जानकारी निर्देशक दीपक ओलीले दिएका छन् । 

ओएसीस एजुकेशन (अष्ट्रेलीयन भिसा स्पेशलिष्ट) को प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोशन टुरको कन्सर्टमा ‘कृष्ण लीला’ का ‘कृष्ण’ अर्थात् अभिनेता पुष्प खड्का, ‘लीला’ अर्थात अभिनेत्री श्रद्धा क्षेत्री,‘पासाङ’ अर्थात् बुद्धि तामाङ, ‘राम भरोस’ अर्थात् रबिन्द्र झाका साथमा यसै फिल्मको सुपरहिट गीत ‘ए मेरो हजुर..’ का गायक रबि ओड र गायिका सुनीता कार्की,कोरियोग्राफर माइकल चन्द, निर्देशक दीपक ओली, लेखक लक्ष्मण सुवेदी,प्रस्तुतकर्ता रोहित कट्टेल,कार्यकारी निर्माता रत्न श्रेष्ठलगायतको टोलीले चितवनवासीलाई झुमाउने छ । 

चितवनका दर्शकहरुको मागलाई ध्यानमा राखी पहिलो कन्सर्ट त्यहाँ गर्न लागीएको र समय मिलेसम्म देशका अन्य शहरमा समेत कन्सर्ट गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ । द पोजेटिभ इभेन्ट्सले ब्यबस्थापन गरेको कन्सर्टको स्पोन्सरमा रेइवा इन्टरनेशनल एकेडेमी पर्सा,अकीवा वाइन,सिजी ल्याण्डमार्क,फोकस इन्टरटेन्मेन्ट तथा हस्पिटालिटी पार्टनरमा जंगल जक्सन,लेक २० थाउजेन्ड फार्म एण्ड रिट्रिटलगायत छन् । कन्सर्टमा हजारौं दर्शक सहभागी हुने प्रक्षेपण गरिएको छ । 

आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्मित फिल्ममा पुष्प,श्रद्धा,बुद्धि,रबिन्द्रका साथमा हिउँवाला गौतम,नवीन रेग्मीलगायत थुप्रै कलाकारले अभिनय गरेका छन् । शिब ढकालले खिचेको फिल्मका ‘त्यो कथामा’ र ‘ए मेरो हजुर’ गीत अहिले निकै चर्चित छन् । रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ तथा सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् । गीतसंगीत,पोस्टर अनि ट्रेलरबाट समेत पाएको चर्चा र चासोका कारण ‘कृष्ण लीला’ लाई यो बर्षको प्रतिक्षीत फिल्ममा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस