जनकपुरधाम । प्रहरी समायोजन नगरेको भन्दै मधेस प्रदेश सरकारले संघ सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ।
प्रदेश सरकारको पहिलो चरणको आन्दोलनअन्तर्गत प्रदेश प्रमुखको कार्यालय अगाडि आज आइतबारदेखि धर्ना दिने मधेस सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए।
उनले हिजो शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलनको घोषणा गरेका हुन्। उनले एक साताअगाडि प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराए पनि सरकारले प्रहरी समायोजनमा चासो नलिएको बताए।
आन्दोलनको पहिलो चरणअन्तर्गत आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा प्रदेश सरकारका म्रन्त्रीहरू र सांसदहरूले धर्ना दिने उनले बताएका छन्।नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको तथा अनुसूची ६ को क्रम संख्या १ मा प्रहरी, शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहने उल्लेख छ। तर, प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले सरकारको अनुभूति गर्न नपाएको मन्त्री साहले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ साउन २०७९, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित
सर्वोच्चको परमादेशपछि मधेसमा राजनीतिक हलचल
मधेस प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि आज सुनुवाइ
मधेसका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि सर्वोच्चमा आज पूर्ण सुनुवाइ हुँदै
मधेस प्रदेश सरकार गठनविरुद्ध आज पनि ७ दलको धर्ना