कोरोना अपडेट : थप २६३ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २८ साउन २०७९, १५ : ४१
कोरोना अपडेट : थप २६३ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १६५ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४१९ तथा एन्टिजेन विधिबाट १६२ जनामा गरी १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा ५०१ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ४३४ पुगेको छ ।