काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई कांग्रेस र कम्युनिस्टको चक्रब्यूहबाट बाहिर निकाल्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलक तीन दशकदेखि कांग्रेस र कम्युनिस्ट पार्टीको चक्रब्यूहमा रहेको र अहिलेको निर्वाचनबाट त्यसलँई तोड्नुपर्ने बताएका हुन् ।
‘आउने निर्वाचनलाई नेपाली जनता जो ३ दशकदेखि कांग्रेस कम्युनिस्टको चक्रब्यूहमा फसेका छन् । देश यिनीहरुको चक्रब्यूहमा फसेको छ । त्यसबाट निकाल्ने अवसरको रुपमा यसलाई दुरुपयोग गर्नुपर्छ’ उनले भने ।
उनले मुलुकलाई चक्रब्यूहबाट बाहिर निकाल्न राप्रपाको चुनाव चिह्नलाई साझा चुनाव चिह्नका रुपमा उपयोग गर्न पनि प्रस्ताव गरेका छन् । भ्रष्ट नेतालाई विस्थापित गर्न चुनाव सबैभन्दा राम्रो मौका निर्वाचन भएको लिङ्देनले बताए । ‘नेपाली जनाताले आफ्नो भ्रष्ट नेता विस्थापित गर्न लाठी बोक्न पर्दैन स्वस्तिक छापको ठीक ढंगले प्रयोग गरे पुग्छ’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ साउन २०७९, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनको प्रश्न : कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ?
राजेन्द्र लिङ्देनद्वारा पार्टीका विभाग प्रमुखहरूसँग छलफल
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : राजेन्द्र लिङ्देन
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल
राजावादीहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन
४० वर्ष मुनिका युवासँग साक्षात्कार गर्दै राप्रपा अध्यक्ष लिङ्देन