एमाले अध्यक्ष ओली र अभिनेत्री रेखा थापा बिच समसामयिक राजनीतिक विषयमा छलफल

पत्रपत्रिकाबाट

शनिबार, २८ साउन २०७९, ०८ : ०१
एमाले अध्यक्ष ओली र अभिनेत्री रेखा थापा बिच समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अभिनेत्री एवं राप्रपा केन्द्रीय सदस्य रेखा थापाबीच भेटवार्ता भएको छ। सोही भेटमा समसामयिक राजनीति र चुनावबारे छलफल भएको बताएको छ।

बुधबार ओली निवास बालकोटमा भएको भेटमा राप्रपा महामन्त्री कुन्ती शाही पनि उपस्थित थिइन् ।

स्रोतका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने सम्भावनाको पृष्ठभूमिमा ओलीसँग रेखा र कुन्तीले भेट गरेको बुझिएको छ।  नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस