कोरोना अपडेट : थप ७८१ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २७ साउन २०७९, १५ : ४४
कोरोना अपडेट : थप ७८१ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४१९ तथा एन्टिजेन विधिबाट ३६२ जनामा गरी ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ । 

पछिल्लो २४ घण्टामा ५११ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ ।