काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिने र वर्ग थप गर्ने आवेदकहरुको चापलाई व्यवस्थापन गर्न भन्दै बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले आजदेखि आवेदन दिन सकिने संख्या बढाएको छ ।
ललितपुरको एकान्तकुना, काठमाडौंको ठूलो भर्याङ र चाबहिल, भक्तपुरको राधेराधे र मकवानपुरको हेटौंडा कार्यालयमा आज अपराह्न ४ः३० बजेदेखि लागु हुने गरी आवेदन संख्या बढाइएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले आवेदकहरुको चाप बढेकाले यसअघि लिने गरिएको दैनिक आवेदन संख्याको तुलनामा करिब १ हजार २ सयले वृद्धि गरिएको बताए । ‘मन्त्रालयले जारी गरेको सूचनामा २७ र २८ गतेको आवेदन संख्यालाई हेर्दा घटेको जस्तो देखिए पनि पहिलेको तुलनामा बढाइएको संख्या हो,’ प्रवक्ता पोखरेलले भने ।
सेवाग्राहीहरुले अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ साउन २०७९, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा