जापान जाने विद्यार्थीलाई परामर्श दिन सेन्ट्रल कलेजमा जापानकै कलेज/युनिभर्सिटीका प्रतिनिधि

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, २१ : ५९
जापान जाने विद्यार्थीलाई परामर्श दिन सेन्ट्रल कलेजमा जापानकै कलेज/युनिभर्सिटीका प्रतिनिधि

चितवन ।  सेन्ट्रल कलेज चितवन र यसका शाखाहरुमा जापानका कलेज, युनिभर्सिटीका प्रतिनिधिहरुले प्रत्येक्ष विद्यार्थीलाई परामर्श दिएका छन् । जापान जाने तयारीमा रहेका र चाहाना गरेका विद्यार्थीलाई कलेजको शहिदचोक प्रेसमार्गमा रहेको केन्द्रिय कार्यालय र सौराहा चोक टाँडी, पर्सा, नवलपुरको कावासोती तथा तनहुँको दमौली र पोखरा शाखामा उनिहरुले प्रत्येक्ष रुपमा परामर्श दिएका हुन् । इरिको ओगावा नेतृत्वको टोलीले जापानका युनिभर्सिटी र कलेजका बिषयमा जानकारी दिनुका साथै विद्यार्थीलाई प्रत्येक्ष अन्तवार्ता समेत लिएका छन् ।

२०२३ जनवरी र अप्रिल इन्टेकका लागि विद्यार्थीलाई आवश्यक सबै परामर्श जापनिजहरुले प्रत्येक्ष रुपमा दिएको सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलाश पौडेल (वाइबी) ले बताए । उनका अनुसार कोरोना (कोभिड १९) को महामारी पछि पहिलो पटक जापानका विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सेन्ट्रल कलेजको आग्रहमा यहाँ आएको वताए ।

‘जापानकै कलेज युनिभर्सिटीका प्रतिनिधिको उपस्थितिमा परामर्श दिँदा सत्यतथ्य जानकारी प्राप्त हुनुका साथै विद्यार्थी स्वय आफै ढुक्क हुने हुँदा सेन्ट्रल कलेजले जापनिजको प्रत्येक्ष परामर्शलाई प्राथमिकता दिएको छ’,पौडेलले भने ।

स्थापना कालदेखि नै जापानमा विद्यार्थी पठाउँदै आएको कलेजले अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्यूजरल्याण्ड, भारत, यूरोप, दक्षिण कोरिया लगायतका देशमा विद्यार्थी अध्ययनका लागि शैक्षिक परामर्श र अन्य भिजा प्रोसेसिङका कामसमेत धमाधम गरिरहेको छ ।

विभिन्न देशका कलेज, युनिभर्सिटीसंँग सहकार्य गरिसकेको बताउंँदै पौडेलले अष्ट्रेलिया, क्यानडा, युकेका जुनसुकै शहरमा नेपालीले रोजेको बिषयमा पढ्न जान सेन्ट्रल कलेजको माध्यमबाट आवश्यक प्रोसेसिङका काम गर्न सकिने पौडेलले बताउनुभयो । सेन्ट्रल कलेजले हालसम्म सयौं विद्यार्थीलाई सेवा दिइसकेको उहाँको भनाई छ । कलेजमा जापनिज भाषा, आइएलटिएस, पिटिई लगायतका भाषा कक्षाहरु संचालन भइरहेका छन् ।

कलेजबाट एक साता अघि मात्रै उच्च शिक्षा अध्ययनका लागि जापान जान लागेका ३ सय विद्यार्थीहरुले एकैपटक न्याट टेष्ट परीक्षा दिएका दिएका थिए ।नेपालका विभिन्न जिल्लामा शाखा रहेको सेन्ट्रल कलेजले जापानको नागोया सिटीमा सम्पर्क कार्यालय संचालनमा ल्याएको जनाएको छ । यस्तै टोकियो, ओसाका र फुकुवामा पनि सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरिरहेको कलेजले जानकारी दिएको छ । जापानमा स्थापना भएका सम्पर्क कार्यालयले यहाँबाट गएका विद्यार्थीलाई आवश्यक सहयोग गर्ने प्रिन्सिपल पौडेलले बताए ।

कलेजले यसअघि नै पत्रकार सम्मेलनको आयोजना गरेर विद्यार्थीलाई छुट दिने घोषणा गरिसकेको छ । दलित, जनजाति, सिमान्तकृत समुदाय, खेलाडी, महिला तथा अन्य जिल्लाबाट चितवन वा नवलपुरमा डेरा गरी बस्दै आएका विद्यार्थीलाई वैदेशिक अध्ययनमा जान चाहेमा सहुलियत दिने कलेजले जनाएको छ । प्रिन्सिपल पौडेलले विद्यार्थीको आर्थिक अवस्था हेरेर न्यूनतम १० हजार रुपैयाँ भन्दा बढी छुट दिने घोषणा गरेका हुन ।

कलेजले रक्तदान, लागु पदार्थ दुव्र्यसनी बिरुद्धका अभियान,ट्राफिक सचेतना,नेतृत्व विकास लगायतका कार्यक्रममा अग्रसर भएर काम गरिरहेको छ । विशेषगरी खेलकुदलाई प्राथमिकता राखेर स्थानिय स्तरमा हुने प्रतियोगिताहरुमा सेन्ट्रल कलेजले सहकार्य गर्ने गरेको छ । हाल १ हजार बढी विद्यार्थीले भाषा कक्षा लिइरहेको कलेजले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस