विद्युत् प्राधिकरणको नाफा १६ अर्ब

पत्रपत्रिकाबाट

विहीबार, २६ साउन २०७९, ०७ : ४९
विद्युत् प्राधिकरणको नाफा १६ अर्ब

काठमाडौं । कुनै समय सञ्चित घाटा ३२ अर्ब बराबर पुगेको नेपाल विद्युत् प्राधिकरणले नाफामा वृद्धि गर्न सफल भएको छ। पछिल्लो पटक प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष ९आव० २०७७र७८ मा ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले आव २०७८र७९ मा नाफालाई बढाएर १६ अर्ब नौ करोड बराबर पुग्ने प्रक्षेपण गरेको छ।

प्राधिकरणको आव २०७८र७९ को वित्तीय विवरण ९अपरिष्कृत० अनुसार वार्षिक आम्दानी एक खर्ब नाघेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। योसँगै सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्थाका रुपमा प्राधिकरण स्थापित भएको छ।

ुऊर्जा खपत २७ प्रतिशत वृद्धि हुँदा बिक्री आम्दानी बढ्यो, विद्युत् निर्यात वृद्धि भयो, प्राधिकरणका स्वामित्वका विद्युत् गृहबाट विद्युत् उत्पादन करिब १६ प्रतिशतले वृद्धि गर्न सफल भयौँ, विद्युत् चुहावट घट्यो, प्रभावकारीरुपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा  प्राधिकरणको खुद नाफा बढेको होु  कार्यकारी निर्देशक घिसिङले भने।

आव २०७२र७३ मा आठ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ। आव २०७३र७४ मा एक अर्ब ५० करोड नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव २०७६र७७ मा ११ अर्ब ७५ करोड पुर्‍याएको थियो। तर, आव २०७७र७८ मा भने घटेर छ अर्ब १० करोडमा झरेको थियो। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस