आजको मौसम : बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, ०७ : ३८
आजको मौसम : बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण बिहीबार बिहान प्रदेश नं १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशका भू९भागहरुमा सामान्य देखि पूर्ण बदली रहेको छ । यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

यस्तै दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति  प्रदेश १, बागमती र गण्डकी  प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस