उम्मेदवार छनोटको मापदण्ड बनाउने जिम्मा महासचिव भुसाललाई दिने नेकपा एसको निर्णय

सफल खबर संवाददाता

बुधबार, २५ साउन २०७९, २० : ४६
उम्मेदवार छनोटको मापदण्ड बनाउने जिम्मा महासचिव भुसाललाई दिने नेकपा एसको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी संघीय निर्वाचन लक्षित गर्दै चार निर्णय गरेको छ । आज बसेको एकीकृत समाजवादीको ३४ औं सचिवालय बैठकले घोषणापत्र मस्यौदा तयार गर्ने लगायतको जिम्मेवारी दिएको छ । पार्टीको तर्फबाट आगामी निर्वाचनका लागि जारी गर्ने घोषणापत्र मस्यौदा गर्न उपमहासचिव प्रकाश ज्वाला, गंगालाल तुलाधर र डा विजय पौडेललाई दिने निर्णय गरेको छ । 

त्यस्तै प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवार छनोट गर्ने मापदण्ड एवं निर्णय प्रकृयाका सम्बन्धमा प्रस्ताव तयार गरी अर्को बैठकमा पेस गर्न महासचिव बेदुराम भुसाललाई जिम्मा दिन निर्णय गरेको छ । 

तेस्रो निर्वाचन निर्देशिका मस्यौदा तयार गर्न निर्वाचन विभागलाई जिम्मेवारी दिएको छ । त्यसै गरि बैठकले दल दर्ता सम्बन्धी आवश्यक काम गर्न उपमहासचिव गंगालाल तुलाधरलाई जिम्मा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस