आइएमई जनरल इन्स्योरेन्सले गर्यो क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग

सफल खबर संवाददाता

बुधबार, २५ साउन २०७९, १८ : ००
आइएमई जनरल इन्स्योरेन्सले गर्यो क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतरु.२,५०,०००।–(अक्षेरुपी दुई लाख पचास हजार)नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि,ललितपुरलाई आर्थिक सहयोग प्रदान गरेको छ । उक्त अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलार्इ चेक हस्तान्तरण गरे ।

सोही अवसरमा अस्पतालबाट आर्थिक रुपले विपन्नहरुलाई क्यान्सर जस्तो घातक रोग लाग्दा निशुल्क रुपमा उपचार गर्ने कार्य गरेकोमा नेपाल क्यान्सर हस्पिटलका शेयरधनी तथा व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आइएमई जनरल इन्स्योरेन्सको तर्फबाट सानो आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।
 

प्रतिक्रिया दिनुहोस