भारतीय हास्यकलाकार राजु श्रीवास्तवलाई हृदयघात

सफल खबर संवाददाता

बुधबार, २५ साउन २०७९, १५ : ४९
भारतीय हास्यकलाकार राजु श्रीवास्तवलाई हृदयघात

काठमाडाैं  ।  भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवलाई हृदयघात भएको छ। बुधबार एक्कासी स्वास्थ अवस्था बिग्रिएपछि उनलाई दिल्लीस्थित एम्स अस्पताल भर्ना गरिएको थियो। भारतीय समाचारमाध्यमहरुका अनुसार ‘जिममा वर्कआउट’ गर्ने क्रममा उनलाई हृदयघात भएको हो। 

राजुका भाइ दीपुले यसको पुष्टि गरेका छन्। उनले भने, ‘राजु होटलको जिममा वर्कआउट गर्दै थिए। ट्रेडमिलमा भएको बेला छातीको दुःखाइ बल्झिएपछि तल झरेका थिए।’अहिले उनको स्वास्थ्य अवस्था राम्रो भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस