स्याङ्जामा थपिए ६ हजार ४०० नयाँ मतदाता

सफल खबर संवाददाता

बुधबार, २५ साउन २०७९, १५ : ३९
स्याङ्जामा थपिए ६ हजार ४०० नयाँ मतदाता

काठमाडाैं  । स्याङ्जामा ६ हजार ४०० नयाँ मतदाता थपिएका छन् ।गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि शुरू भएको मतदाता नामावली संकलनमा ती मतदाता थपिएका हुन् ।सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेसँगै साउन १९ गतेसम्ममा नयाँ मतदाता थपिएका हुन् ।

साउन १९ गतेपछि भने निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली संकलन कार्य स्थगित भएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिए ।जिल्लाका ११ स्थानीय तहअन्तर्गत ९७ वटा वडाका सेवाग्राहीलाई पायक पर्ने गरी ३ स्थानमा फोटो सहितको मतदाता नामावली संकलन गरिएको उनले बताए ।

स्याङ्जामा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय वालिङमा नियमित रूपमा फोटो सहितको मतदाता नामावली संकलन गरिएको थियो ।

‘मतदाता नामावलीमा नाम लेखाउनका लागि दैनिक ३ वटै कार्यालयमा सेवाग्राहीको भीड हुने गथ्र्यो,’ उनले भने, ‘सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै अब अरु तयारीमा लाग्नुपर्ने भएकाले मतदाता नामावली संकलन कार्य स्थगित गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस