काठमाडाैँ । गएराति परेको अविरल वर्षाले दक्षिणी रसुवास्थित बनुवा धुम्ती क्षेत्रको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।
उत्तरगया गाउँपालिका-५ स्थित माझगाउँ र बनुवा घुम्तीबीच पिपलबोट आसपास क्षेत्रमा सडक मार्ग भत्किएर सुरु भएको पहिरोले बेँसीतर्फका बस्तीलाई प्रभावित पार्नुको साथै अन्नबालीमा क्षति पुर्याएकाे जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
मानवीयतर्फ कुनै क्षति नभएको जनाइएको छ। प्रहरी निरीक्षक झलक शर्मा पौडेलका अनुसार सडक खुलाउने प्रयासको साथै क्षतिको विवरण लिने काम बिहानैदेखि सुरु भएको छ। पहिरोका कारण बेत्रावती, पहिरेबेँसी, मैलुङ खण्डको नयाँ सडकमा समेत सवारी आवागमन पूर्ण रूपमा बन्द भएको बताइएको छ
जनैपूर्णिमाको अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेला भर्न जाने यात्रुलाई धुञ्चे पुर्याउन स्थानीयस्तरमा रहेका सवारीसाधन परिचालन गरिने प्रहरीले जनाएको छ।
उत्तरी भेगमा रहेका पासाङल्हामु तथा टिमुरे यातायात समितिको बसले गोसाइँकुण्ड जाने यात्रुलाई यातायातको सुविधा दिने तर निजी सवारीसाधन भने प्रभावित हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ साउन २०७९, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध