काठमाडौं । नेपाली कला क्षेत्रका वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन भएको छ । बुधबार बिहान हृदयघातका कारण उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए ।
पाण्डेलाई सीतापाइला स्थिती आफ्नै घरमा हृदयाघात भएपछि उपचारका लागि गंगालाल अस्पताल पुर्याइएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । उनी ५४ बर्षका थिए ।
‘कागबेनी’ लगायत केही फिल्म छायांकन गरेका पाण्डे म्युजिक भिडियोका लोकप्रिय छायाँकार हुन् । हजारौ म्युजिक भिडियो र थुप्रै विज्ञापन चलचित्र उनले छायांकन गरेका छन् । पाण्डेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ साउन २०७९, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वन्यायाधीश प्रधानको निधनमा आज शोक बिदा, इजलास सञ्चालन नहुने
वरिष्ठ कलाकार 'राते काइँला' सुनिल थापाको निधन
पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
गायक प्रशान्त तामाङको निधन
नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन
प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन