एजेन्सी । छिमेकी राष्ट चीनको भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच आज द्विपक्षीय वार्ता हुने भएको छ ।
नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार राती चीन प्रस्थान गरेका मन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
चीनको छिङताओ सहरमा हुने वार्तामा नेपाल–चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने बताइएको छ। नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्रसहित, गृह, भौतिक पूर्वाधार, वाणिज्य र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी छन्।
नेपाली टोलीको सम्मानमा चिनियाँ विदेश मन्त्री यीले आजै भोजको आयोजना पनि गर्दैछ । टोली बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ साउन २०७९, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरान र अन्तर्राष्ट्रिय परमाणु ऊर्जा निकायबीचको सहमति संकटमा : इरानी परराष्ट्र मन्त्री अराघ्ची
इटालीबाट परराष्ट्र मन्त्रीको आह्वान-‘जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ’
परराष्ट्र मन्त्री राणा इटाली प्रस्थान
परराष्ट्र मन्त्री राणा आज रोम जाँदै
गैरकानूनी रूपमा विदेशमा रहेकाहरूलाई कानूनी प्रक्रिया अपनाउन परराष्ट्र मन्त्रीको आग्रह
परराष्ट्र मन्त्री डा. राणा इटाली र जर्मनी भ्रमणमा जाँदै