एकैदिन थपिए १ हजार ९० जना कोरोना संक्रमित

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १६ : ४८
एकैदिन थपिए १ हजार ९० जना कोरोना संक्रमित

काठमाडौं  । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९७४ पुगेको छ।मंगलबार ४३८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ८०६ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर २ हजार ९५८ पीसीआर तथा ३ हजार ३४२ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस