काठमाडौं । काठमाडौंको फोहोर बोकेका गाडी अज्ञात समूहले तोडफोड गरेको छ । सिस्डोल-बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले टिपर र डोजर तोडफोड गरेका हुन् ।
काठमाडौं महानगरपालिका नगर प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पूर्णचन्द्र भट्टले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएको बताए । फोहोर बोकेका गाडी तोडफोड भएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा पुनस् समस्या देखिएको छ ।
स्थानीयका माग सम्बोधन गर्ने सहमतिसहित पछिल्लो समय यहाँको फोहोरलाई बञ्चरेडाँडा लिएर व्यवस्थापन थालिएको थियो । तर, पछिल्लो समय पुनस् स्थानीयवासीले आफ्ना मागबारे बेवास्था गरेको भन्दै आपत्ति जनाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ साउन २०७९, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध
काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध
१४ हजार केजी कुहिने फोहोर टेकुमा कम्पोष्टिङ
धनगढीमा नकुहिने फोहोर वर्गीकरण गरेर बिक्री गरिँदै
पोखराको फोहोर व्यवस्थापनमा स्थानीयको अवरोध
दार्चुलाको स्थानीयले फोहोर नउठाएपछि फाले नगरपालिका कार्यालयभित्र फोहोर