मंकीपक्सका लागि १४ जना फोकल डर्माटोलोजिष्ट तोकिए

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १६ : २२
मंकीपक्सका लागि १४ जना फोकल डर्माटोलोजिष्ट तोकिए

काठमाडौं । मंकीपक्सका महामारीकै रुपमा फैलन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले मंकीपक्सका लागि १४ जना फोकल डर्माटोलोजिष्टहरु तोकेको हो । इडिसिडीको इपिमिडिमियोलोजी एण्ड आउटब्रेक म्यानेजमेन्ट शाखाका डा. शैलेश पन्थीले मंकीपक्सको संवेदनशीलतालाई मध्यनजर गर्दै देशभर १४ जना फोकल डर्माटोलोजिष्टहरु तोकिएको जानकारी दिएका हुन् ।

जसमा मेची अस्पतालमा झापामा डा. केशव ढकाल, कोशी अस्पताल विराटनगरमा डा. सिबी झा, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डा. सूचना मरहठ्ठा, जनकपुर प्रादेशिक अस्पतालमा डा. राम यादव, नारायणी अस्पतालमा डा. अतुलेशकुमार चौरासिया फोकल डर्माटोलोजिष्ट तोकिएका छन् । यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. आनन्द नेपाल, भरतपुर अस्पतालमा डा. शशी हिराचन, वीर अस्पतालमा डा. निरज पराजुली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टेकुमा डा. सिवेन्द्र झा, पाटन अस्पतालमा डा. मोनीक्यु काफ्ले मंकीपक्सका लागि फोकल डर्माटोलोजिष्ट तोकिएका छन् ।

यसैगरी, लुम्बिनी प्रादेशिक अस्पतालमा डा. मनिलाल श्रेष्ठ, भेरी अस्पताल नेपालगन्जमा डा. बद्री चापागाई, प्रादेशिक अस्पताल सुर्खेतमा डा. सुस्मिता प्रधान र सेती प्रादेशिक अस्पतालमा डा. दिनेश शिवाकोटी फोकल डर्माटोलोजिष्ट तोकिएका छन् । कन्ट्याक्ट फोकल प्वाइन्टका रुपमा राष्टिय जनस्वास्थ्य प्रयोगशालामा लोकबन्ध चौधरी, इडिसिडीमा भोला अधिकारीलाई तोकिएको छ ।
 

प्रतिक्रिया दिनुहोस