काठमाडौँ उपत्यकामा ३०१ जना कोरोना संक्रमित थपिए

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १५ : ४६
काठमाडौँ उपत्यकामा ३०१ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३०१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३६, भक्तपुरमा १७ र ललितपुरमा ४८ जना संक्रमित थपिएका हुन्।यस्तै पछिल्लो २४ घण्टामा देशभर ९३४ जनामा कोरोना पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ।

सोमबार ४७० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ६८६ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।गत २४ घण्टामा देशभर २ हजार ८६२ पीसीआर तथा २ हजार ४८९ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस