सेयर बजार परिसूचक नेप्से १७.६८ अंकले घटेर २१०६.१५ विन्दुमा

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १५ : ४३
सेयर बजार परिसूचक नेप्से १७.६८ अंकले घटेर २१०६.१५ विन्दुमा

काठमाडौं । साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) सेयर बजार परिसूचक नेप्से १७.६८ अंकले घटेर २१०६.१५ विन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापक सेन्सिटिभ इन्डेक्स ३.४४ अंकले घटेर ४०६.११ विन्दुमा पुगेको छ। 

सोमबार उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक ओरालो लाग्यो। सबैभन्दा बढी अन्य समूहको उपसूचक २.४२ प्रतिशतले घट्यो। बजार घटेपनि सोमबार कारोबार रकम भने घटेको छ।  सोमबार ६५ लाख २७ हजा ४१४ कित्ता सेयर २ अर्ब ८५ करोड रुपैयाँमा किनबेच भयो। आइतबार भने २ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको थियो। 

सोमबार ५० कम्पनीको सेयरमूल्य बढ्दा १२३ कम्पनीको सेयरमूल्य घट्यो भने ८ कम्पनीको सेयरमूल्य स्थिर रह्यो। दुई कम्पनीहरु गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत बढ्यो। जानकी फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै ४.३ प्रतिशत घट्यो। 

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नबिल बैंक, नागरिक लगानी कोष, नेसनल हाइड्रोपावर र हिमालयन डिस्टिलरी क्रमश: अगाडि रहे।

प्रतिक्रिया दिनुहोस