चितवन । चितवनमा पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाभर ७५ जनामा परीक्षण गर्द १५ जनाको रिपोर्ट पोजेटिभ आएकोक हो ।
६३ पिसिआर परीक्षणबाट १२ तथा १२ एन्टिजेन परीक्षणबाट तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । यससँगै चितवनमा कोरोनाको सक्रिय संक्रमित संख्या ७९ पुगेको छ ।
सोही अवधिमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मृत्यु हुनेमा पूर्वी चितवनको खैरहनी नगरपालिकाका ४७ वर्षका पुरुष रहेका छन् । उनको भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
कोरोनाका कारण निमोनिया भई अक्सिजनको तह घटेर उनको मृत्यु भएको अस्पतालले जनाएको छ । यससँगै चितवनमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या चार सय ५० पुगेको छ ।
उता पछिल्लो २४ घण्टामा १८ जना निको भएका छन् । हाल ७३ जना सक्रिय संक्रमित होम आइसोलेसनमा छन् । तीन जनाको अस्पतालमा उपचार भइरहेको छ । चितवनमा अहिलेसम्म ३३ हजार ७५५ जनामा कोरोना पुष्टि भइसकेको छ । उनीहरु मध्ये ३३ हजार २२५ जना निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ साउन २०७९, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै