काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र प्रेमदीप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ । ती दुई पार्टीबीच आज एक कार्यक्रमका बीच एकता घोषणा भएको हो ।
राष्ट्रिय एकता पार्टी नेपालले लोसपाको नाम, झण्डा र छाप स्वीकार गरेको छ । लिम्बुवान आन्दोलन, सरकारसँग गरेको पाँच बुँदे सहमति, घाइते, अपाङ्ग र लिम्बुवान सहिदहरुलाई लोसपाले नेपालले स्वामित्व ग्रहण गर्ने सहमति भएको छ ।
जिल्ला प्रदेशदेखि केन्द्रसम्मका राष्ट्रिय एकता पार्टी, नेपालका सबै संगठनहरुलाई लोसपा नेपालमा समायोजन गरिने सम्झौतापत्रमा उल्लेख छ । संघ र प्रदेशको चुनावमा राष्ट्रिय एकता पार्टी नेपाललाई समुचित स्थान दिइनुको साथै राष्ट्रिय एकता पार्टीका अध्यक्ष प्रेमकुमारलाई लोसपाको कार्यकारिणी सदस्य र प्रदेश १ को इन्चार्जको समेत जिम्मेवारी दिएको सम्झौतापत्रमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ साउन २०७९, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने
लोसपाको महासचिवमा यादव मनोनीत
राजेन्द्र महतो लोसपाबाट निष्कासित
लोसपाको केन्द्रिय समिति बैठक आज पनि जारी
लोसपाले बोलायो पदाधिकारी बैठक
पाँच नेता लोसपाको केन्द्रीय सचिवालयमा मनोनयन