चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट भुक्तानी गर्न सकिने

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १४ : १८
चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट भुक्तानी गर्न सकिने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । गत आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी  विद्युतीयकर भुक्तानी (E–Payment ) सेवा शुभारम्भ गरेसँगै नगरपालिकाका सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आइएमई पे मार्फत घर बहाल कर, सम्पति कर  र व्यवसायिक कर तिर्न भुक्तान गर्न सक्नेछन् ।

नगरपालिकाले एक विशेष कार्यक्रमको आयोजनागरी विद्युतीयकर भुक्तानी (E–Payment) सेवा शुरु गरेको हो । उक्त कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले बिज्ञान प्रविधिको युगमा नगरपालिकाले शुरु गरेको विद्युतीयकर भुक्तानी (E–Payment) सेवाले आम सेवाग्राहीहरुलाई नगरपालिकाको कर भुक्तानी गर्न सजिलो मात्र नभई संसाधनको समेत बचत हुने र नगरपालिका र वडाहरुमा सेवाग्राहीहरुको चाप पनि कम हुने बताउँदै सबै वडाका प्रतिनिधि तथा कर्मचारीहरु यो सेवाको प्रवद्र्घन गर्न लागि पर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस