इजरायल र गाजामा भएको युद्ध विरामको संयुक्त राष्ट्रसङ्घद्धारा स्वागत

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १३ : १०
इजरायल र गाजामा भएको युद्ध विरामको संयुक्त राष्ट्रसङ्घद्धारा स्वागत

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले महासचिव एन्टोनियो गुटर्रेसले इजरायल र गाजामा भएको युद्ध विरामको स्वागत गरेका छन्। महासचिव गुटर्रेसले गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी रहेको बताएका हुन्।

उनले यस्तो हिंसात्मक हमलाको अन्त्य गरेर सबै प्रकारका समस्याहरूको समाधानका लागि शान्तिपूर्ण माध्यमबाट अघि बढ्न पनि यसअघि आग्रह गरेका थिए।प्यालेस्टीनियन इस्लामिक जिहाद, पिआइजे र अर्काे अतिवादी समूहका कारण गाजामा इजरायल तर्फबाट हमला भएको थियो । त्यसमा परेर ४३ जनाको ज्यान गएको थियो भने अरू दुई सयभन्दा बढी मारिएका थिए ।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले महासचिव गुटर्रेसले हाल इजरायल र गाजाका तर्फबाट भएको युद्ध विरामको स्वागत गर्दै आगामी दिनमा दुवै तर्फलाई शान्तिको माध्यमबाट अघि बढ्ने काममा सहयोग गर्ने बताएका जानकारी दिए।

उनले हिंसात्मक हमलाका घटनाहरू नहोउन् भनेर दुवै तर्फबाट संयमता अपनाउन पनि सबैलाई आग्रह गरेका प्रवक्ता डुजारिकको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस