काठमाडौं । एनसेल आजियाटाले ‘सही यो ! पावर सिम’ पुनः संचालनमा ल्याएको जनाएको छ । इन्स्टाग्राम, माईफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यो प्याकको प्रमुख विशेषता भएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार ग्राहकले सोमबारबाट यो सिम लिन सक्नेछन् । यो सिममा ग्राहकले रु. २० को मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउनेछन् ।
यसका साथै यो प्याक लिने ग्राहकले प्याक सुचारु भएको दिनबाट ३० दिनसम्म इन्स्टाग्राम सेवा नन्स्टप रुपमा निःशुल्क चलाउन सक्नेछन् । यति मात्र हैन यो प्याक सुचारु गर्ने ग्राहकले ३० दिन सम्म माईफाइभ सेवा पनि निःशुल्क सुचारु गर्न सक्नेछन् । माईफाइभ सेवाअन्तर्गत ग्राहकले कुनै ५ वटा एनसेल नम्बरहरु पेयर गरि ती पाँच माईफाइभ नम्बरहरूमा प्रति मिनेट मात्र ५० पैसामा कुराकानी गर्न सक्नेछन् ।
यस प्याकको अर्को विशेषता भनेको ग्राहकले सीम सुचारु गरेको २ देखि ६ महिनाको अवधि भित्र रु ५० वा सोभन्दा बढि रिचार्ज गरेमा निःशुल्क इन्स्टाग्राम र माईफाइभ सेवा पुनः सुचारु हुने कम्पनीको भनाइ छ । निःशुल्क इन्स्टाग्राम र माईफाइभ सेवा कुल ६ महिना संचालनमा रहने छ । ग्राहकले एस्ट्रिक्स१७१६४ह्यास डायल गरी माइफाइभ सेवा अन्तर्गत कुनै पाँच एनसेल नम्बर पेयर गर्न सक्छन् र आफ्ना साथीभाइ तथा परिवारसँग सुलभ दरमा धेरै भन्दा धेरै कुराकानी गर्न सक्छन् ।
यसै प्याक अन्तर्गत ग्राहकले मेरो स्कुल, रमाइलो गेम्स् र हङगामा म्यूजीक जस्ता विभिन्न डिजिटल सेवाहरुको ३० दिनसम्म निःशुल्क मजा लिन सक्नेछन् ।
यो सिम लिनका लागि ग्राहकले नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानी, पासपोर्ट साइजको एक प्रति फोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्दछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ साउन २०७९, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनसेल फाउन्डेसनले हरेक चौकावापत ४ वटा शैक्षिक सामग्री वितरण गर्ने
एनसेलको सिइओमा माइकल फोले नियुक्त
शुक्रबार एनसेलको सेवा तीन घण्टा अवरुद्ध हुने
एनसेलले भन्यो-‘हामी फेरि उठ्ने छौँ, तपाईँहरू सँगै’
एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने
एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित