प्रत्युशा बोहरा बनिन् मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १२ : ३९
प्रत्युशा बोहरा बनिन् मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता

काठमाडौं । मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता प्रत्युशा बोहरा बनेकी छन् । न्यूयोर्कको क्विन्समा अगस्ट ६ मा सम्पन्न भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै मिस नेपाल नर्थ अमेरिका २०२२ बन्न सफल भएकी हुन् । यसैगरी फस्ट रनरअप आन्या थापा तथा सेकेन्ड रनरअप दिव्या पन्त भएका छन् । कार्यक्रममा १४ जना प्रतियोगीहररू अमेरिकाका विभिन्न राज्यहरूबाट सहभागी भएका थिए ।

पहिलो चरणमा १४ जना प्रतियोगीहरूको प्रस्तुतिपछि दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० जना मध्येबाट अन्तिम चरणमा ५ जना छानेर मिस नेपाल नर्थ अमेरिका २०२२ का बिजेता ,फस्ट रनरअप र सेकेन्ड रनरअप घोषित गरिएको थियो ।

मिस नेपाल नर्थ अमेरिका २०२२ मा पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर रहेकी थिइन् भने निशा पाठक तथा साहना बज्राचार्य कार्यक्रमका प्रस्तोता थिए ।

प्रतिक्रिया दिनुहोस