काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागेको हो । सोमबार दिउँसो ३ बजे बोलकबोल हुने ट्रेजरी बिलको साउन २४ गते अर्थात् मंगलबार बिक्री हुनेछ । इच्छुक बैंक तथा वित्तीय कम्पनीहरु तथा व्यक्तिगत फर्म कम्पनी लगायतलाई बिल खरिदका लागि बैंकले अनलाइन आवेदन खुल्ला गरेको छ ।
साउन २४, २०७९ मा जारी हुने ट्रेजरी बिल कात्तिक २२ गते परिपक्क हुने बैंकले जनाएको छ । यसअघि बैंकले दुईपटक गरी २५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल खरिद गरिसकेको छ । पहिलो पटक १५ अर्ब १० करोड बिल बिक्री गरेको बैंकले अधिकतम् १२ प्रतिशत ब्याजदर प्रदान गरेको थियो भने पछिल्लोपटक १० अर्ब १० करोड जारी गरेकोमा बैंक तथा वित्तीय संस्थाहरुले मनलाग्दी ब्याजदर अफर गरेको भन्दै राष्ट्र बैंक आफैले राखेको थियो ।
राष्ट्र बैंकमार्फत सरकारले ट्रेजरी बिल जारी गरेर अल्पकालीन आन्तरिक ऋण उठाउने गर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ साउन २०७९, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै