झापा । झापाको कचनकवलमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कचनकवल गाउँपालिका- ५ स्थित पाठामारी निवासी ५० वर्षीय सुकुरू गणेश रहेका छन् । आइतबार बिहान ११ बजे पाठामारी बजारबाट साइकलमा सवार गणेश घरतर्फ जाने क्रममा काली मन्दिर नजिकैको कल्भर्टमा लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाइते भएका गणेशलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लगेको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ साउन २०७९, १९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु