तनहुँ । तनहुँ जिल्लामा सात हजार ५४ नयाँ मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनपछि सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन अभियानबाट ती मतदाता थपिएका हुन् ।
सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै शुक्रबारदेखि मतदाता नामावली सङ्कलन स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।
मतदाता दर्ताको अन्तिम दिन बिहीबारसम्म तीन हजार चार सय १२ महिला र तीन हजार ६ सय ४२ पुरुष थपिएका छन् । त्यस्तै बाहिरी जिल्लाका तीन सय ६० मतदाताले तनहुँबाट मतदाता नामावली दर्ता गरेको कार्यालयले जनाएको छ । असार मसान्तसम्म चार हजार आठ सय ८६ मतदाता थपिएकामा साउन १ देखि १९ गतेसम्म दुई हजार पाँच सय २८ मतदाता थप भएको उनले जानकारी दिए ।
जिल्ला निर्वाचन कार्यालयमा रहेको तीन दर्ता स्थलबाट यस अवधिमा तीन हजार छ सय ४९ र जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको एउटा दर्ता स्थलबाट तीन हजार चार सय पाँच मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनपछि जिल्लामा मतदाता नामावली दर्ताका लागि सर्वसाधारणको आकर्षण थियो । मतदाता नामावली दर्ताका लागि सर्वसाधारण गाडी रिजर्भ गरेरै दमौलीसम्म आउने गरेका थिए ।
जिल्लामा हालसम्म दुई लाख ४४ हजार तीन सय ४० मतदाता कायम भएका छन् । विसं २०७९ वैशाख २९ गतेसम्म एक लाख १७ हजार एक सय ३४ पुरुष र एक सय २७ हजार दुई सय छ मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ साउन २०७९, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपुरमा थपिए नौ हजार मतदाता
डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए
कास्कीमा थपिए १७ हजार ७८६ मतदाता
कोशीमा मतदाता नामावलीका लागि एक लाख ५७ हजारको निवेदन
प्रतिनिधिसभा निर्वाचन : तनहुँमा आठ हजार ३६६ मतदाता थपिए
आठ लाख ३७ हजार नयाँ मतदाता थपिए