प्रिमियर लिगमा आज ६ खेल, लिभरपुल, टोटेनहम र चेल्सी मैदान उत्रिँदै

सफल खबर संवाददाता

शनिबार, २१ साउन २०७९, १४ : २९
प्रिमियर लिगमा आज ६ खेल, लिभरपुल, टोटेनहम र चेल्सी मैदान उत्रिँदै

काठमाडौँ  । प्रिमियर लिग फुटबलमा आज  ६ हुदैछ । शुक्रबारबाट सुरु भएको सिजनको पहिलो खेलमा आर्जनलले क्रिस्टल प्यालेसलाई २–० हराउँदै विजयी सुरुवात गरेको थियो ।  आज लिगका केही ठुला खेलमा सबैको नजर हुनेछ । उपाधि दाबेदार मानिएका लिभरपुल, टोटेनहम र चेल्सीले आजको खेलमार्फत प्रिमियर लिगको सुरुवात गर्दैछन् ।नेपाली समयअनुसार साँझ सवा पाँच बजे हुने दिनको पहिलो खेलमा यसै सिजन शीर्ष डिभिजनमा उक्लिाएको फुलहमले घरेलु मैदान क्रेभन कटेजमा गत सिजनको उपविजेता लिभरपुलको सामना गर्नेछ । 

रातको पौने आठ बजे हुने खेलमा टोटेनहमले घरेलु मैदान टोटेनहम हट्सपुरमा साउथह्याम्पटनसँग खेल्नेछ । सवा सातमै अन्य तीन खेल पनि हुनेछन् । जसमा यसै सिजन बढुवा भएको एएफसी बर्नमाउथले घरेलु मैदान डिन कोर्टमा एस्टन भिल्ला, लिड्स युनाइटेडले आफ्नो मैदान इल्याण्ड रोडमा वुल्भ्सको समाना गर्नेछन् । 

त्यस्तै, २३ वर्षपछि शीर्ष डिभिजनमा उक्लिएको नटिङ्घम फरेस्टले न्युकासल युनाइटेडको घरेलु मैदान सेन्ट जेम्स पार्ककामा खेल्नेछ । दिनको अन्तिम खेलमा चेल्सीले घरेलु टोली एभर्टनको समाना गर्नेछ । खेल गुडिसन पार्कमा रातको सवा १० बजे सुरु हुनेछ । 

प्रतिक्रिया दिनुहोस