काठमाडाैँ । वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः नियुक्त भएका छन्। सोसाइटीको साधारण सभाबाट उनी अध्यक्षमा पुनः नियुक्त भएका हुन्।
अध्यक्षमा पुनः नियुक्त भएपछि अध्यक्ष मल्लले नेपालको कलाकारिताको विकासमा आफू कटिबद्ध भइ लागिपर्ने बताए। यसैगरी, सोसाइटीको उपाध्यक्षमा अभिनेता पुरन जोशी, मोहनकृष्ण श्रेष्ठ र नारायण प्रधान, महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टङ्कनाथ पौडेल र कोषाध्यक्षमा शङ्करलाल श्रेष्ठ निर्वाचित भएका छन्।
यस्तै, सोसाइटीको सदस्यमा क्रमशः चेतबहादुर सिंह, सानुकुमार ताम्रकार, दुर्गा बिसुराल, सुनिल कटुवाल, वाइएल लामा, मधुकुमार श्रेष्ठ र सुभाष खड्का सर्वसम्मत चयन भएका छन्।
नेपाल फिल्म सोसाइटीको शाखा अमेरिका र बेलायतमा समेत छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ साउन २०७९, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भाइरल बन्नुभन्दा टिकिरहन गाह्रो’ : अभिनेता मल्ल