अर्थमन्त्रीबारे छानबिन गर्न बनेको समितिले थप प्रश्न उब्जायो : सुवास नेम्वाङ

सफल खबर संवाददाता

शनिबार, २१ साउन २०७९, १२ : २६
अर्थमन्त्रीबारे छानबिन गर्न बनेको समितिले थप प्रश्न उब्जायो : सुवास नेम्वाङ

दाङ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बनेको संसदीय छानबिन समितिको प्रतिवेदनले थप प्रश्नहरू उब्जाएको बताएका छन् ।

अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको विषयबारे छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदनले प्रश्नको जवाफ दिनुको साटो थप प्रश्न उठाएको उनले बताए ।

प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेम्वाङले भने, ‘छानबिन समिति जे प्रश्नको उत्तर दिन बनाइयो, त्यसको उत्तर दिन सकेन । बरु थप प्रश्नहरु जन्मायो ।’

उनले छानबिन समितिले घटनासँग सम्बन्धित व्यक्तिहरूको फोन कल डिटेल, मोबाइल लोकेसन जस्ता कुराहरु हेर्नुपर्ने उनले बताए । ‘छानबिन समितिले फोन कल डिटेल, मोबाइल लोकेसन हेर्न किन चाहेन ? उहाँहरुले  त्यसलाई किन रोक्नु भयो ? त्यहाँ निर प्रश्न छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस