कोरोना अपडेट : थप  ९१२ जनामा संक्रमण पुष्टि, एकजनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १७ : ०७
कोरोना अपडेट : थप  ९१२ जनामा संक्रमण पुष्टि, एकजनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर ९ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९ सय १२ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट एक जनाको ज्यान गुमेको पनि मन्त्रालयले जानकारी दिएको छ। ६ हजार ४ सय ९१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।