बागमती । केही दिनदेखि परेको लगातार वर्षाका कारणले बागमती प्रदेशमा हालसम्म ८८ प्रतिशत धान रोपाइँ कार्य सकिएको बागमती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटौँडाले जनाएको छ ।
भौगौलिक विकटता र सिँचाइको अभाव रहेको बागमती प्रदेशमा धानखेतीका लागि आकाशको पानीका भरमा खेती गर्नु परेकाले धान खेतीमा समस्या रहेको बताइएको छ । साथै किसानलाई मलको पनि समस्या रहेको गुनासो पाइएको छ ।
बागमती प्रदेशको १३ जिल्लामा कूल एक लाख २० हजार पाँच सय ६९ हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । तर अहिलेसम्म बागमती प्रदेशमा करिब एक लाख छ हजार हेक्टर जमिनमा धानखेतीका लागि रोपाइँ सकिएको सो कार्यालयले जनाएको छ ।
कार्यालयबाट प्राप्त विवरणअनुसार मकवानपुर जिल्लामा ११ हजार हेक्टर जमिनमध्ये आठ हजार ९०० हेक्टर जमिनमा, चितवन जिल्लामा धानखेती हुने २२ हजार नौ सय ७७ हेक्टर जमिनमध्ये २० हजार ७०० हेक्टर जमिनमा धानखेती, नुवाकोटमा १४ हजार दुई सय ८३ हेक्टर जमिनमध्ये १२ हजार २०० हेक्टर जमिनमा धान रोपाइँ कार्य सकिएको बताइएको छ ।
त्यस्तै काभे्रपलाञ्चोकमा नौ हजार हेक्टर जमिनमध्ये आठ हजार तीन सय हेक्टरमा, सिन्धुपाल्चोकमा आठ हजार ५०० खेती जमिनमध्ये आठ हजार २०० हेक्टरमा, रामेछापमा आठ हजार आठ सय ९३ हेक्टर जमिनमध्ये पाँच हजार तीन सय हेक्टर जमिनमा, दोलखामा दुई हजार नौ सय २८ हेक्टर जमिनमध्ये दुई हजार चार सय ५० हेक्टर जमिनमा, सिन्धुलीमा १५ हजार चार सय २३ हेक्टर जमिनमध्ये १३ हजार चार सय १८ हेक्टर जमिनमा तथा धादिङमा ११ हजार एक सय ५९ हेक्टर जमिनमध्ये नौ हजार पाँच सय हेक्टर जमिनमा धान रोपाइँ सकिएको सो कार्यालयले जनाएको छ ।
ललितपुरको चार हजार एक सय ७५ हेक्टर, भक्तपुरको तीन हजार नौ सय २५ हेक्टर तथा काठमाडौँको पाँच हजार नौ सय २५ हेक्टर जमिनमा धानखेतीका लागि रोपाइँ सकिएको कार्यालयकाबाट जानकारी दिइएको छ । उक्त तीन जिल्लामा शतप्रतिशत रोपाइँ भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २० साउन २०७९, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा