क्रिष्टलको भवनमा भोलि रक्तदान कार्यक्रम हुँदै

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १५ : ३६
क्रिष्टलको भवनमा भोलि रक्तदान कार्यक्रम हुँदै

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । क्लबले शनिबार बिहान ८:३० देखि दिउँसो १:०० बजेसम्म सिनामंगलस्थित क्रिष्टल डाइग्नोष्टिकको भवनको दोस्रो तलामा उक्त रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो। रक्तदान कार्यक्रममा ग्रान्ड़ी अस्पताल र प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिकको पनि सहकार्य रहने बताइएको छ ।

रगतको अभावलाई मध्यनजर गर्दै लायन्सले विभिन्न समयमा रक्तदान कार्यक्रम गर्दै आइरहेको छ।
 

प्रतिक्रिया दिनुहोस