माडी पुगेर प्रचण्डले भने , देश सम्बृद्धिको दिशामा अघि बढ्यो

बुधबार, २७ मंसिर २०७४, १६ : ४३
माडी पुगेर प्रचण्डले भने ,  देश सम्बृद्धिको दिशामा अघि बढ्यो


 

चितवन  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश सम्बृद्धिको दिशामा  अघि बढेको बताए । आज माडीको बरुवामा आज आयोजित बिजयी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनको समयमा बाम गठबन्धनको पक्षमा देखिएको जनलहर संम्बृद्धि, शुशासन र एकताका लागि भएकोमा बताए ।
देश र जनतालाई अहिले बिकासको आबश्यक रहेको भन्दै उहाँले जनतामाझ आँफुले गरेका प्रतिबद्धता पुरा गरि छाड्ने बताए ।

आँफुले निर्वाचनको समयमा माडीलाई मणि बनाउने सपना देखेको बताउँदै अब त्यो सपना साहाकार पर्ने दिन आएको भन्दै चितवनको बिकासबाट देशले सिक्नु पर्ने बाताबरण तयार पर्ने बताउँदै उनले  सुकुम्बासि समस्या समाधानका लागि बैज्ञानीक तरीका अबलम्बन गरिने बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माडीमा रिङ्रोड निर्माण गर्ने, पर्यटकिय केन्द्र बनाउने , चितवन र माडीको बिकासका लागि सधै प्रतिबद्ध रहने, कृषि, पर्यटन र पूर्बाधार बिकासका दृष्ट्रिकोणले जनताले अनुभूति गर्ने गरि काम गर्ने बिश्वास व्यक्त गरे।

माडी क्षेत्रमा नदि कटान नियन्त्रर्णका लागि रिभर म्यानेज मास्टरप्लान अन्तर्गत कामा गर्ने बताउँदै उहाँले जंगलि जनावारबाट क्षेत्री न्यूनिकरणका लागि पर्खाल सहितको मेसजालि निर्माण गर्ने बताए । राप्रपा प्रजातान्त्रीकका केन्द्रिय उपाध्यक्ष बिक्रम पाण्डेलाई प्राजित गरि उहाँ चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन ।

निर्वाचित भए पछि मंगलबार भरतपुर महानगरपालिकाका क्षेत्र नम्बर ३ मा पर्ने बिभिन्न वडामा घरदैलो गरि मतदातालाई धन्यबाद दिनु भएका प्रचण्डले आज माडीका बिभिन्न वडामा घरदैलो गर्दै मतदाताहरुलाई धन्यबाद दिएका थिए  ।

 

प्रतिक्रिया दिनुहोस