चितवन । चितवनमा आज थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछील्लो चौबिस घण्टामा ५८ जनामा पिसिआर परीक्षण गर्दा १६ जनामा सङक्रमण पुष्टि भएको हो ।
थपिएका १६ सहित चितवनमा सक्रिय सङक्रमितको संख्या ७९ पुगेको छ । सक्रिय सङ्क्रमितहरु मध्य ७६ जना होम आईसोलेसन छन् भने ३ जना अस्पातलमा रहेका छन् ।
चितवनमा आज ९ जना कोरोना मुक्त भएका छन् । चितवनमा हालसम्म कोरोना मुक्त हुनेको संख्या ३३ हजार १९९ पुगेको छ हालसम्म ४४९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० साउन २०७९, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण