जनताकाे अभिमत लिएर मुल ढाेकाबाट सिंहदरबार प्रवेश गर्छाैँ : सुवास नेम्वाङ

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १४ : ४३
जनताकाे अभिमत लिएर मुल ढाेकाबाट सिंहदरबार प्रवेश गर्छाैँ : सुवास नेम्वाङ

दाङ। नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जनताको जनादेश लिएर एमाले मुल ढाेकाबाट सिंहदरबार प्रवेश गर्ने बताएका छन्। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिले शुक्रबार घाेराहीमा आयाेजना गरेकाे प्रदेश स्तरीय प्रशिक्षण उद्घाटनका क्रममा उनले मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका जनताको लोकप्रिय मत र विश्वास लिएर सरकारको नेतृत्व गर्ने दावी गरेका छन्।

‘हामीलाई सरकारमा जान हताराे छैन। तर, जनताकाे अभिमत लिएर मुल ढाेकाबाट सिंहदरबार प्रवेश गर्छाैँ’उनले भने,सबै दल आ-आफ्नाे बहिखाता लिएर मैदानमा उत्रन्छन्। हामी पनि जान्छौँ। जनताले मूल्यांकन गर्छन्।’

जनतामा जाने निर्णय अग्रगामी भएको स्मरण गर्दै उनले सरकार चलाउन पार्टी भित्रबाट असहयाेग भएपछी दुई पटक संसद विघटन गरेर जनतामा जाने निर्णय जायज भएको दावी गरे। ‘संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई अधिकार हुन्छ। जनतामाझ जाने निर्णय लिन सकिन्छ।’

उनले विगत सम्झदै भने,’जनताको अदालतबाट उपयुक्त फैसला हुन्छ।’ नेकपा एमालेले स्थानीय तह निर्वाचनकाे समीक्षा र आगामी निर्वाचनलाई लक्षित गरेर देश व्यापी प्रशिक्षण आयाेजना गरेकाे छ। पालिका, जिल्ला र प्रदेश स्तरमा यसखाले प्रशिक्षण चलिरहेकाे छ।

प्रतिक्रिया दिनुहोस