काठमाडौं । नेपालगञ्जकाे भेरी अस्पतालमा ११ जनाको पीसीआर परीक्षण गर्दा १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर वलीका अनुसार भेरीमा देखिएका १० जनामध्ये चार जना बाँके जिल्लाका छन् भने ६ जना बाहिरी जिल्लाका रहेका छन्।नेपालगञ्ज नाकामा गरी थप दुई जनामा कोरोना देखिएको छ। योसँगै शुक्रबार बाँके निवासी ६ जनामा कोरोना देखिएको छ।
बाँकेमा अहिले ४५ जना सक्रिय संक्रमित छन्। सबै जना होम आइसोलेसनमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० साउन २०७९, १४ : ४३
लेखकबाट थप