शुक्रबार ३४.८५ अंकले घट्यो सेयर बजार

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १४ : ३१
शुक्रबार ३४.८५ अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। शुक्रबार सेयर बजार मापन परिसूचक नेप्से ३४.८५ अंकले घटेको छ। शुक्रबार दुई अर्ब ६२ करोड ६१ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

२१३ कम्पनीको  ६४ लाख १६ हजार ६२९ कित्ता सेयर ४० हजार ४२४ पटक कारोबार भएको छ। कारोबारमा आएको कम्पनीहरुमध्ये सबैभन्दा धेरै जोशि हाईड्रो पाव कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ। 

यस कम्पनीको सेयर मूल्य शुक्रबार ५.९१ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ। 

यसैगरी, शुक्रबार सबैभन्दा धेरै गुमाउने कम्पनी पनि हाइड्रो पावर कम्पनी नै रहेको छ। मैलुङ खोला हाइड्रो पावर कम्पनीको सेयर मूल्य ७.१८ प्रतिशतले घटेको छ। शुक्रबार कारोबारमा आएका १३ समूहमध्ये १२ समूहको सेयर मूल्य घटेको छ। बाँकी एक समूहको सेयर मूल्य बढेको छ। म्युचुअल फण्ड तर्फको समूहको सेयर मूल्य बढेको हो। 

यस समूहकोा सेयर मूल्य ०.८ प्रतिशतले बढेको नेप्सेले जानकारी दिएको छ। शुक्रबार सबैभन्दा धेरै लघुवित्त वित्तीय समूहको सेयर मूल्य घटेको छ। यस समूहको सेयर मूल्य २.३७ प्रतिशतले घटेको छ। 

कारोबारमा आएको कम्पनीहरुमध्ये १५ करोड ६६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र हिमालयन डिष्टिलरी परेका छन् ।

प्रतिक्रिया दिनुहोस