मिलनचोकमा आज बिहान साइकलको ठक्करबाट एक वृद्धको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १४ : १६
मिलनचोकमा आज बिहान साइकलको ठक्करबाट एक वृद्धको मृत्यु

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका-१९ मिलनचोकमा आज बिहान साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा पैदलयात्री मोरङकै ग्रामथान गाउँपालिका-२ का ७० वर्षीय हर्कदेव सरदार रहेका छन्। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो।

ग्रामथान गाउँपालिका-२ कै ३५ वर्षीय विनोद मोडियारीले चलाएको साइकलले आज बिहान साढे ७ बजे वृद्धलाई ठक्कर दिएको थियो।दुर्घटना पश्चात् साइकलयात्री फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी झोराहाट मोरङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस