अनशन बसेकी निहारिका राजपूत प्रहरी नियन्त्रणमा

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १३ : ३९
अनशन बसेकी निहारिका राजपूत प्रहरी नियन्त्रणमा

काठमाडौं । सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै फेरि आमरण अनशनमा बसेकी निहारिका राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनी आफू बलात्कारमा परेको र बलात्कारबाट जन्मिएको बच्चाको डीएनए जाँच गराउनुपर्ने, बलात्कार गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने र बच्चाको लालनपालनको जिम्मेवारी लिनुपर्ने भन्दै पटक–पटक अनशनमा बस्दै आएकी छिन्। 

पछिल्लोपटक राजपूत बैशाख २८ गते अनशन बसेकी थिइन्। पछि पाँच बुँदे सहमति गर्दै गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनशन तोडेकी थिइन्। यस्तै शुक्रबार बिहान आफ्ना माग पूरा नभएको भन्दै निहारिका पुन: अनशन बसेकी थिइन्। प्रहरीले उनलाई अनशनस्थलबाट नियन्त्रणमा लिएको हो। उनले बच्चाको डिएनए जाँच गर्नुपर्ने, बलात्कारीलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने, बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षाकी सुनिश्चितता गर्नुपर्ने माग राखेकी छन्। 

प्रतिक्रिया दिनुहोस