राजीनामा दिएका एआइजी पोखरेल अनिवार्य अवकाशमा

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १३ : ०४
राजीनामा दिएका एआइजी पोखरेल अनिवार्य अवकाशमा

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले अवकाश पाएका छन् । एआईजीको ५६ वर्षे उमेर हदका कारण पोखरेलले अनिवार्य अवकाश पाएका हुन् ।

सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा आफूभन्दा कनिष्ठ एआईजी धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै उनी रिट निवेदन लिएर सर्वोच्च अदालत गएका थिए । तर सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला नदिएपछि उनले २ साउनमा प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका थिए ।

उनको राजीनामा नै स्वीकृत भएन । प्रहरी महानिरीक्षकमार्फत गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट राजीनामा स्वीकृत हुनुपथ्र्यो ।कनिष्ठलाई आईजीपी बनाएको भन्दै उनले तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई एक महिना बिदा मागेका थिए । उनले स्वीकृत गरेको बिदा सकिएपछि पोखरेलले पुनः १० दिन बिदा मागेका थिए ।तर प्रहरी महानिरीक्षक सिंहले स्वीकृत गरिदिएनन् । अदालतबाट पनि आफ्नो पक्षमा आदेश नआएपछि उनले राजीनामा बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस