चुनावको मिति घोषणा गर्दा प्रतिपक्षीलाई बेवास्ता गरिएको छैन : सञ्चारमन्त्री कार्की

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १२ : ४५
चुनावको मिति घोषणा गर्दा प्रतिपक्षीलाई बेवास्ता गरिएको छैन : सञ्चारमन्त्री कार्की

काठमाडौं । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारप्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले चुनावको मिति घोषणा गर्दा प्रतिपक्षीलाई बेवास्ता नगरिएको बताएका छन् । उनले बिहीबारको मन्त्रिपरिषद् बैठकअघि चुनावको मिति घोषणाबारे परामर्श गर्न एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीलाई फोन गरेपनि सम्पर्क हुन नसकेको जिकिर गरे । 

सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रतिपक्षीलाई बेवास्ता गरिएको भनिनु गलत भएको बताए । एमालेका केही नेताहरुले चुनावको घोषणा गर्दा सरकारले प्रतिपक्षसँग परामर्श नगरेको गुनासो गरेपछि उनले यस्तो बताएका हुन् ।

उनले मंसिर ४ को चुनाव अपेक्षित भएकाले यसमा सबै जानकार रहेको पनि बताए ।  गठबन्धनको बैठकले संघ र प्रदेशमा पाँच वटै दलबीच तालमेल गरेर जाने निर्णय गरेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस