धनकुटाको महालक्ष्मीमा पहिरोले घर भत्किँदा दुईजना घाइते

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १२ : ३०
धनकुटाको महालक्ष्मीमा पहिरोले घर भत्किँदा दुईजना घाइते

काठमाडौं । पहिरोले पुरिँदा धनकुटाको महालक्ष्मी नगरपालिका–२ मा दुईजना घाइते भएका छन् । आज बिहान पहिरोले महालक्ष्मी–२ को लाफ्टाङमा दुई घर पर्दा दुईजना घाइते भएका हुन् । 

प्रहरीका अनुसार पहिरोले स्थानीय तिलकबहादुर कटुवाल र कोषमाया बुढाथोकीको घर भत्किएको हो । पहिरोले कटुवालको घर पुर्दा घर पुर्दा, ८४ वर्षीय कटुवाल र उनकी छोरी अन्दाजी ४५ वर्षकी मित्रमाया कटुवाल दुवै जनाको दुवै हात भाँचिएको जिल्ला प्रहरी प्रवत्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए । 

उनका अनुसार घाइते दुवै जनाको सुनसरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस