सुर्खेतमा ९ हजारले मतदाता परिचय पत्रका लागि आवेदन दिए

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १२ : २४
सुर्खेतमा ९ हजारले मतदाता परिचय पत्रका लागि आवेदन दिए

काठमाडौं । स्थानीय तहको निर्वाचन २०७९ पछि सुर्खेतमा ९ हजार भन्दा बढीले मतदाता परिचय पत्रका लागि आवेदन दिएका छन् । सुर्खेतको जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन र निर्वाचन आयोगको सुर्खेत कार्यालयमा मतदाता परिचय पत्रका ९ हजार २ सय ८५ जनाले आवेदन दिएका हुन् ।

परिचय पत्रका लागि आवेदन दिनेहरूको सङ्ख्या असारसम्ममा ४ हजार १ सय ९२ थियो । साउन महिनाको १९ गते सम्ममा ५ हजार ९३ जनाले आवेदन दिएको निर्वाचन आयोगको सुर्खेत कार्यालयका निर्वाचन अधिकृत दुर्गा चालिसेले जानकारी दिए ।

सरकारले मङ्सिर ४ गतेका लागि निर्वाचन मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आजबाट मतदाता नामावली सङ्कलन कार्य स्थगित गरेको छ । 

प्रतिक्रिया दिनुहोस